बेपत्ता दुई जना बालक मृत फेला | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०७९, बुधवार

बेपत्ता दुई जना बालक मृत फेला

बर्दिया। खोलामा नुहाउने क्रममा बेपत्ता भएका दुई जना बालकको शव भेटिएको छ । बाँसगढि नगरपालिका माछागढका ९ वर्षीय विकल्प विक र सोही स्थानका ७ वर्षीय रोशन खत्रीको सुक्रवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। स्थानीय ग्यांन नदीमा नुहाउन गएका ती दुवै जना बालक बिहीबार रातिसम्म घर नआएपछि इलाका प्रहरी कार्यालय मोतिपुरमा खबर गरिएको थियो । हराएका दुवै जना बालकको शव सोहि खोलाको किनारमा सुक्रबार विहान फेला परेको हो ।

घरबाट समेत थाहा नदिएर गएका दुवै जना बालक सो खोलामा पौडि खेल्ने क्रममा डुवेको हुन सक्ने प्रहरी जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।

Leave a Reply