देश/समाज

देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छः लिङदेन

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जेन–जी विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताउनुभएको छ । जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको भन्दै उहाँले मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गर्नुभएको हो । आईतवार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले विद्रोह जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको बताउनु भयो । उहाँले जनतामा आशा जाग्ने अवस्था सिर्जना हुनुको सट्टा राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको दाबी गर्नुभयो ।

लिङदेनले राजनीतिक परिस्थितिमा झन् तरलता बढेको र मुलुकको भविष्यबारे अनिश्चयसमेत गहिरिँदै गएको बताउनु भयो । उहाँकाअनुसार जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा देश अघि बढ्न नसक्दा विद्रोहपछि पनि अपेक्षित परिवर्तनको अनुभूति हुन सकेको छैन ।

Related Post
Share

This website uses cookies.