कञ्चनपुरमा करेन्ट लागेर एक महिला गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कञ्चनपुरमा करेन्ट लागेर एक महिला गम्भीर घाइते

current

कञ्चनपुर, १३ भदौ । कञ्चनपुरको पुनर्वासमा विद्युत करेन्ट लागेर एक महिला गम्भीर घाइते भएकी छन् । आफ्नै घर आगनमा रहेको बकैनाको रुखमा घाँस काट्ने क्रममा करेन्ट लाग्दा पुनर्वास नगरपालिका-५ भानु बस्तीकी ४५ वर्षिया पार्वतीदेवी भण्डारी गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिनुभयो ।

भण्डारीलाई करेन्ट लागेपछी बेहोस अवस्थामा स्थानीय पुनर्वास पोलिक्लिनिकमा लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनको अवस्था गम्भीर देखिएपछी पोलिक्लिनिकबाट रेफर गरि धनगढी हुँदै अहिले कोहलपुर मेडिकलमा उपचार भइरहेको छ । घाइते भण्डारीको टाउको ,ढाड र खुट्टामा चोट लागेको प्रहरीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);