बाजुरामा जंगलमा लागेको आगोमा जलेर एक महिला घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

बाजुरामा जंगलमा लागेको आगोमा जलेर एक महिला घाइते

मदन विक
बाजुरा ७ फागुन । बाजुराको बडीमालिका नगरपालिका-३ पिप्से गाउँ नजिकै रहेको जंगलमा एक साता देखि लागेको डढेलोमा परी सोही गाउँकी एक महिला जलेर घाइते भएकी छन ।

घाइते हुनेमा सोही गाउँकी अन्दाजी ४० बर्षिया फुँगि खडका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन्।

शक्रबार दिउसो गाई बस्तुका लागि घाँस काट्न गएकी खड्का आगोमा परेको थाहापाए पछि स्थानियले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याईएको छ।

आगोले पुरै शरीर जलेकी खड्काको अवस्था गम्भीर रहेको उनका आफन्तले जनाएका छन्।

Leave a Reply