काभ्रेको घिमिरे गाउँमा विस्फोट, २४ वर्षीय मोहन विक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

काभ्रेको घिमिरे गाउँमा विस्फोट, २४ वर्षीय मोहन विक घाइते

bom bisfot

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका-२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएकाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले २४ वर्षीय मोहन विक घाइते भएको बताए । उनको मुख र हातमा गहिरो चोट लागेको छ । घाइते विकको ललितपुरस्थित बी एन्ड बी हस्पिटलमा उपचार भइरहेको छ ।

नजिकै रहेको जंगलमा पहिचान नखुलेका वस्तु भेटिएको र आगोमा लगाउँदा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता खतिवडालाई बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।  त्यस क्षेत्रको जंगलमा नेपाली सेनाले नियमित अभ्यास गर्दै आएको छ । सो क्रममा ‘मिस फायर’को बम विकले भेटेको हुन सक्ने प्रहरीले आशंका प्रहरीको छ । तर, पुष्टि भइसकेको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);