पूँजीपतिहरु जनतालाई कम्युनिष्टबाट अलग गर्ने प्रयासमा लागे : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पूँजीपतिहरु जनतालाई कम्युनिष्टबाट अलग गर्ने प्रयासमा लागे : प्रचण्ड

पुष्पकमल दाहाल

काठमाडौं, १८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वका पूँजीपतिहरु जनतालाई कम्युनिष्टबाट अलग गर्ने प्रयासमा लागिपरेको बताउनुभएको छ ।

भरतमोहन अधिकारीको स्मृतिसभामा सम्बोधन गर्दै दाहालले आफुलाई उदारवादी देखाएर मध्यमवर्गीय र निम्न मध्यमवर्गीय जनतालाई कम्युनिष्टबाट अलग गर्ने रणनीतिका साथ पूँजीपतिहरु अगाडी बढिरहेको बताउनुभएको हो ।

‘मध्यमवर्गका जनताहरुलाई आफुतर्फ आकर्षित गर्न तथाकथिक विकासमा सहयोग गरेको देखाएर मध्यमवर्गबाट कम्युनिष्ट, बामपन्थी र प्रगतिशिलहरुलाई अलग गरी आफ्नो बर्चश्व र एकाधिकार कायम गर्ने रणनीतिमा उनीहरु अगाडी बढिरहेका छन्’, दाहालले भन्नुभयो ।

दाहालले स्व. भरतमोहन अधिकारीले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक बनाउन ठूलो भूमिका खेलेको बताउनुभएको छ । स्व. अधिकारीको एक निर्णयले जनताहरुले कम्युनिष्टप्रति विश्वास गर्ने गरेको दाहालले बताउनुभयो।

बुर्जुवा र पूँजीपतिहरुले कम्युनिष्ट भनेका ६० वर्ष कटेकाहरुलाई मार्छन भनेर भ्रम छरेपनि अधिकारीले गरेको एक निर्णयले त्यसलाई ध्वस्त पारेको उहाँले बताउनुभयो ।

‘कम्युनिष्ट भनेका बुढाबुढी ६० कटेपछि मार्छन भन्ने प्रचार बुर्जुवा र पूँजीपतिहरुले गरेका थिए । मानिसहरुलाई होकी भन्ने भ्रम थियो । त्यो डरलाग्दो अवस्था थियो तर भरतमोहन अधिकारीको बृद्ध बृद्धालाई पेन्सन दिने निर्णयले भ्रमणलाई ध्वस्त पा-यो । कम्युनिष्टहरुले बुढाबुढीहरुलाई सम्मान, माया गर्ने हुँदा रहेछन् । जनताका छोराछोरी रहेछन् भन्ने स्थापित ग-यो’, उहाँले भन्नुभयो ।

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको २०७५ फागुन १८ गते उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको थियो । २०५१ सालमा तत्कालिन नेकपा एमालेको सरकारमा अर्थमन्त्री रहनुभएका स्व. अधिकारीले त्यतीबेला ७५ वर्ष उमेर पुगेकाहरुलाई मासिक १ सय रुपैयाँ बृद्धभत्ता दिने निर्णय गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);