पूर्व अर्थमन्त्री अधिकारीको अन्त्येष्टि, छोरीहरुले दिए दागवत्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पूर्व अर्थमन्त्री अधिकारीको अन्त्येष्टि, छोरीहरुले दिए दागवत्ती

bharatmohan ko antyosti

काठमाडौं, १९ फागुन ।  बृद्ध भत्ताको सुरुवात गर्ने नेताको परिचय बनाएका कम्युनिष्ट नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन पछि अन्त्येष्टि गरिएको छ । मिलनसार तथा सरल नेताको छवि भएका पुर्वउपप्रधानमन्त्री अधिकारीको नेकपाकै नेता मात्र होइन अन्य दलका नेताहरुले समेत राम्रो नेता देशले गुमाएको भनेर दुखेसो गरेका छन् ।

नेपालको पहिलो कम्युनिष्ट सरकारको पहिलो अर्थमन्त्री भएका भरतमोहन अधिकारीको ८३ बर्षको उमेरमा निधनपछि आईतवार नै राष्ट्रिय सम्मानको साथ अन्त्येष्टि गरिएको छ । विसं २०५१ सालमा बनेको मनमोहन अधिकारी नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका उनका भाइ भरतमोहन अधिकारी बृद्ध भत्ताको सुरुवात गर्ने नेताको रुपमा समेत परिचित छन् ।

कम्युनिष्ट सरकारले वृद्धबृद्धालाइ हेला गर्छ भनेर हल्ला चलाइएको बेलामा यसलाइ चिर्न तत्कालिन अर्थमन्त्री अधिकारीले सामाजिक सुरक्षा भत्ताका रुपमा ७५ वर्ष उमेर पुगेका वृद्ध–वृद्धाका लागि मासिक एकसय रुपैयाँ भत्ता दिन सुरु गरेका थिए ।

यही योजना अन्तर्गत अहिले बृद्ध भत्ता बृद्धि भएर ७० वर्ष उमेर पुगेका वृद्धवृद्धाले मासिक २ हजार रुपैयाँ पाइरहेका छन् । यसको दायरा विस्तार गर्दै एकल महिला र अपांगता भएका व्यक्तिलाई समेत मासिक भत्ता दिइँदै आइएको छ । त्यस्तै, उनको अर्को लोकप्रिय काम ’आफ्नो गाउँ आफैँ बनाउँ’ भन्ने थियो ।

यहि कार्यक्रम अन्तर्गत स्थानीय निकायलाई सिधै बजेट दिन थालिएको हो । यसपछि गाउँ विकास समिति,नगरपालिका, उपमहानगरपालिका र महनगरपालिकाले विकास निर्माणका काम गर्न केन्द्रबाट सिधै बजेट पाउन थाले थिए । अधिकारीले ल्याएको यो पहिलो विकेन्द्रीकृत बजेट मानिन्छ । नेपाली राजनीतिमा सरल स्वभावका अधिकारीलाइ उनका समकक्ष्ीा र अन्य पार्टीका नेताहरुले अधिकारीको निधनले ठुलो क्षति पु¥याएको धारणा राखेका छन ।

उनको पार्थिव शरिरमा श्रद्धाञ्जलि अर्पण गर्दै नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । नेता पौडेलले अधिकारी अत्यन्तै सरल स्वभाका र सफल नेताको रुपमा पनि स्मरण गरे ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले बाम गठबन्धनका एक धरोहर र पार्टीलाई ठिक दिशामा डो¥याउन सक्ने नेताको निधनले आफुलाइ मर्माहत तुल्याएको बताउनुभयो । उहाले देखाएको बाटोमा पार्टी हिडन सके मात्रै उहाको सच्चा श्रद्धाञ्जलि हुने बताए ।

गृहमन्त्री राम बहादुर थापाले एक इमान्दार नेताको पार्टीमा कमी भएको बताउनु भयो। त्यस्तै उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको बताए ।

तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरनु भएका ८३ वर्षीय अधिकारीको शनिवार राति ९ः४५ बजे निधन भएको हो । पूर्वउपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वास र निमोनियालगायतको समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो ।

१९३६ मा महोत्तरीको भावरपूर्ण गाविसमा जन्मेका अधिकारीले पटकपटक मोरङबाट सांसद निर्वाचित हुनुभएको थियो । अधिकारीको श्रीमती र तीन छोरी छन् । आइतवार अधिकारीको अन्त्येष्टि हुदा अधिकारीकै छोरीहरुले दागवत्ती दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);