नेकपाद्धारा मन्त्री अधिकारी सहित ७ जनाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपाद्धारा मन्त्री अधिकारी सहित ७ जनाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित

nekapa dwara shok

काठमाडौं, १६ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको हेलिकप्टर दुर्घटनामा परी निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले मन्त्री अधिकारी सहित ७ जनाको निधन भएकोमा एक मिनेट मौनधारण गरेर श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले मन्त्री अधिकारीको सम्मानमा देशभरका सबै पार्टी कार्यालयहरुमा बिहीबार पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ । त्यसैगरी सबै पार्टी कार्यालयहरुमा ३ दिनसम्म शोक पुस्तिका राखिने निर्णय पनि गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले मन्त्री अधिकारीको शवलाई भने अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राख्ने निर्णय पनि गरेको छ । पोष्र्टमार्टम पछि मन्त्री अधिकारीको शवलाई अन्त्यष्टिका लागि गृह जिल्ला पोखरा लगिने र अन्यको शव भने परिवारलाई जिम्मे दिने निर्णय पनि गरिएको प्रवक्ता श्रेष्ठले बताएका हुन् । बुधबार दिउँसो ताप्लेजुङको सिस्नेखोला नजिक प्रतिकूल मौसमका कारण कहेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको निधन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);