रवीन्द्रको निधनपछि स्टुडियोमै रोए दौंतरी ठाकुर, एंकरले पनि मन थाम्न सकेनन् (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

रवीन्द्रको निधनपछि स्टुडियोमै रोए दौंतरी ठाकुर, एंकरले पनि मन थाम्न सकेनन् (भिडियोसहित)

thakur gaire-rabindra adhikari

काठमाडौं, १६ फागुन । हिजो देशमा एउटा दुखद घटना घट्न पुर्ग्यो । पाथिभरा दर्शन गरेर फर्कने क्रममा दारेभिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी सवार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा पर्यो र उक्त दुर्घटनामा अधिकारीसहित ७ जनाकै मृत्यु भयो । दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्जिनियर ध्रुबदास भोछिभया, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको मृत्यु भयो ।

देशले धेरै आशा गरेको र मन्त्रीपरिषदको उर्जाको रुपमा थिए मन्त्री अधिकारी । उनलाई गुमाउनु पर्दा देशलाई पुग्ने क्षति कस्तो खालको हो ? अधिकारी कस्ता व्यक्ति थिए र उनको व्यक्तित्व कस्तो थियो ? उनै अधिकारीसंग नजिकको सम्बन्ध भएका र नेपाल कम्युनिष्ट पार्टीका नेता ठाकुर गैरेसंग कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले गरेको कुराकानी हेर्नुहोस् :