प्रस्तावित ५ राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रस्तावित ५ राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु

bisesh samiti

काठमाडौं, १८ पुस । संसदीय समितिले विभिन्न देशका लागि प्रस्तावित पाँच जना राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिको बुधबार बसेको बैठकले फ्रान्सका लागि दिपक अधिकारी, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना, थाईल्याण्डका लागि गणेशप्रसाद ढकाललाई राजदुत र मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा नियुक्तीका लागि गरेको सिफारिसमाथि संसदीय सुनुवाई गर्ने निर्णय गरेको हो ।

सरकारले राजदूतका लागि नियुक्ती गर्न सिफारिस गरेकाहरुको संसदीय सुनुवाई प्रक्रिया सूरु गर्ने निर्णय गरिएको समितिका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए । समितिले संसदीय सुनुवाई प्रक्रियाका लागि उजुरी आह्वान गर्ने निर्णय पनि गरेको छ ।

बिहिबारबाट लागू हुने गरी संसदीय विधि र प्रक्रिया अनुसार १० दिनसम्म प्रस्तावित राजदुतहरुमाथि उजुरी आह्वान गर्ने निर्णय पनि गरिएको पनि समितिले जनाएको छ ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि सम्बन्धित देशमा एग्रिमोका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित देशलाई पत्राचार गर्नेछ । सम्बन्धित देशले एग्रिमो पठाएपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले राजदुतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);