प्रश्तावित ६ राजदुतको नाम सर्वसम्मतले अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रश्तावित ६ राजदुतको नाम सर्वसम्मतले अनुमोदन

काठमाडौं । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रश्तावित ६ जना राजदुतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

समिति ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले सरकारबाट सिफारिस भएर आएका राजदुतहरुको नाम समितिको बिहीवार बसेको बैठकले सर्वसम्मत अनुमोदन गरेको बताउनुभएको हो । संयुक्त राष्ट्रसंघ नेपालको स्थायी नियोगको स्थायी प्रतिनिधिमा लोकबहादुर थापा, स्विजरल्याण्डका लागि आवासीय राजदुतमा रामप्रसाद सुवेदी, फ्रान्सका लागि आवासीय राजदुतमा सुधिर भट्टराई, कुवेतका लागि आवासीय राजदुतमा घनश्याम लम्साल, संयुक्त अरव इमिरेट्सका लागि आवासीय राजदुतमा तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि आवासीय राजदुतमा धनबहादुर ओलीको नाम अनुमोदन भएको हो । सभापती कार्कीले प्रश्तावितहरुको सम्बन्धमा पाँच वटा उजुरी प्राप्त भएको र ती मध्ये तीन वटा सैद्धान्तिक प्रकृतिका र दुई वटा उजुरी व्यक्ति केन्द्रित रहेको बताउनु भयो ।

कार्कीले भन्नुभयो, नेपाल सरकार मन्त्रिपरिषद्को २०८० असार २६ को निर्णय अनुसार विभिन्न मुुलुकमा राजदुुत तथा स्थायी प्रतिनिधिको नियुक्तिका लागि देहाय बमोजिमका व्यक्तिको नाम प्रश्ताव गरी संसदीय सुनुवाई समितिको निमित्त यस समिति समक्ष मिति २०८० साउन १ मा परराष्ट्र मन्त्रालयबाट प्राप्त हुन आएको थियो । प्रश्तावित नामहरु समितिमा प्राप्त भएपश्चात संसदीय सुनुवाई समितिको मिति २०८० साउन ३ मा बसेको बैठकले संघीय संसद्को संयुक्त बैठक र संयुक्त बैठक कार्यससञ्चालन नियमावली २०८० को नियम २६ तथा संसदीय सुनुवाई समितिको कार्र्यविधि २०८० को दफा १३ बमोजिम प्रश्तावित पदमा नियुक्तीका लागि सिफारीस व्यक्तिहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रश्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिने सूचना प्रकाशित गरेको । उल्लेखित पदमा प्रश्तावित व्यक्तिहरुको सम्बन्धमा जम्मा पाँच वटा उजुरी प्राप्त हुन आएका जसमा तीन वटा उजुरी सैद्धान्तीक प्रकृतिका रहेका र दुई वटा उजुरी व्यक्ति केन्द्रित रहेका थिए । प्राप्त उजुरीमाथि विस्तृत छलफल गरेको थियो । समितिले प्रश्तावित राजदुतहरुको नियुक्तिका लागि संघीय संसद्को संयुक्त बैठक र संयुक्त बैठक कार्य ससञ्चालन नियमावली बमोजिम अनुुमोदन गरेको छ ।’

संसदीय सुनुवाई समितिको कार्र्यविधि २०८० को दफा १९ अनुसार प्रश्तावित व्यक्तिहरुले प्रश्तावित पदका लागि आफ्नो योग्यता, अनुभव, अभिरुचि तथा उक्त पदको जिम्मेवारी वहन गर्ने सन्दर्भमा आ–आफ्नो अवधारणा प्रश्तुत गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);