क्यानडाका लागि प्रश्तावित पौड्यालको नाम संसदीय समितिबाट अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

क्यानडाका लागि प्रश्तावित पौड्यालको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौं, मंसिर १० ||
क्यानडाका लागि नेपाली राजदुतमा प्रश्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । संघीय संसद संसदीय सुनुवाई समितिले आईतवारको बैठकमा सरकारद्वारा क्यानडाका लागि नेपाली राजदुतमा प्रश्तावित पौडेलको नाम अनुमोदन गरेको हो । यसअघि कार्तिक १५ गते समितिले पौड्यालउपर उजुरी आह्वान गरेको थियो । समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले क्यानडाका लागि प्रश्तावित राजदुत पौडेलको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको बताउनु भयो । उहाँले प्रश्तावित राजदुत पौड्यालबिरुद्ध दुई वटा उजुरी परेको बताउनु भयो । उहाँले क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदुत र अन्तर्राष्ट्रिय नागरिक उड्डययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रूपमा नियुक्ति गर्ने निर्णयको अनुमोदन गरेको बताउनु भयो ।
संसदीय समितिले अनुमोदन गरेपछि अब राजदुत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । प्रश्तावित राजदुतको नाममा सम्बन्धित मुलुकबाट एग्निमा आएपछि राष्ट्रपतिले राजदुतहरुको नियुक्ति गर्ने कानूनी व्यवस्था छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);