राजदुतको संसदीय सुनुवाई प्रक्रिया सुरु, विशेष समितिद्वारा राजदुतमा सिफारिस व्यक्ति विरुद्ध उजुरी आह्वान | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८३, मंगलबार

राजदुतको संसदीय सुनुवाई प्रक्रिया सुरु, विशेष समितिद्वारा राजदुतमा सिफारिस व्यक्ति विरुद्ध उजुरी आह्वान

samsadiya sunuwai

काठमाडौं, ७ मंसिर । संसदीय सुनुवाई विशेष समितिले सरकारले विभिन्न देशका लाथि सिफारिस गरेका राजदुतहरुको सुनुवाईको प्रक्रिया थालेको छ ।

समितिले आज गोरखापत्रमा सूचना प्रकासित गरि सिफरिस व्यक्तिहरुको आयोग्यताका कुनै आधार भए उजुरी गर्न पनि आह्वान गरेको छ । मन्त्रीपरिषदले भारतको राजदुतमा सिफरिस गरेका निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, संयुक्त अरव इमिरेट्सका लागि सिफरिस कृष्णप्रसाद ढकाल र इजरायलका लागि सिफरिस डाक्टर अञ्जान शाक्यको सुनुवाईका लागि समितिले सूचना प्रकाशित गरेको हो ।

 

समितिले राजदुतमा सिफरिस व्यक्तिहरुका विरुद्ध उजुरी दिनका लागि यही मंसिर १७ गतेसम्मको समयावधी तोकेको छ । समितिले उजुरीकर्ताले उजुरी दिदा नाम, थर, र ठेगाना स्पष्टसँग उल्लेख गर्नुपर्ने प्रावधान राख्दै उजुरी कर्ताले नचाहेमा उनीहरुको परिचय गोप्य राखिने जनाएको छ ।