प्रतिपक्ष दल श्रमशक्ति पार्टी, नेपालले केन्द्रिय सरकारको जनतामाझ उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ ।
मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद धु्रवराज राईले केन्द्रिय सरकार खोई ? भनि प्रश्न समेत गर्नुभयो । हावाहुरीका कारण गत चैत्रमा भोजपुरका ६५ वटा घर र ८ वटा स्कुलको छानो उडाएको यति धेरै समय हुँदा पनि सरकारले कुनै पनि राहत नदिएकोमा उहाँको आपत्ति थियो । सांसद राईले जनताको सो पीडालाई सम्बोधन गर्न सरकारलाई पुन दबाब दिनुभयो ।
उहाँले भन्नुभयो,‘केन्द्रिय सरकार खै ? चैत्रमा हावाहुरीको भत्काएको घरको बारेमा सरकारलाई अनुरोध गरेको थिएँ । आजसम्म पनि सरकारको कुनै पनि राहत ती घरहरुमा पुगेका छैन । त्यस्तै गरेर ८ वटा स्कुलका छानोहरु उडाएको छ । यसबारे मैले सदनमा सरकारलाई अवगत गराएको थिएँ । यस विषयमा गृहमन्त्रीलाई हामीले भेटेर भनेका थियौ । यो जनताको आवाजहरु नसुनेको कुराहरु अव चाँही सुन्ने हो कि भनेर उभौली साकेलाको शुभकामना दिनु चाहन्छु ।’
सांसद राईले पीडामा रहेका जनताको आवाज सरकार सुनुवाई नगरेको गुनासो पनि गर्नुभयो ।
श्रमशक्ति पार्टीको प्रश्नः केन्द्रिय सरकार खोई ?
ताजा समाचार
श्रमशक्ति पार्टीको प्रश्नः केन्द्रिय सरकार खोई ?
६० मिनेट अघि




