सरकारले छिट्टै पूर्णता पाउने नेकपा माओवादी केन्द्रकाे अपेक्षा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकारले छिट्टै पूर्णता पाउने नेकपा माओवादी केन्द्रकाे अपेक्षा

काठमाडाैं । नेकपा माओवादी केन्द्रले सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरेको छ ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रको शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले सरकारले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरेको हो । तर बैठकमा मन्त्रीहरुको विषयमा भने छलफल नगरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले मन्त्रालयको टुंगो नलागेकाले पार्टीबाट कसलाई पठाउने भन्ने विषयमा छलफल नभएको बताए ।

बैठकले सत्तारुढ गठबन्धन कार्य दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेकोमा धन्यवाद दिँदै छिट्टै सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।

त्यसैगरी माअओवादीले सुकुम्बासी, भूमिहिन किसान, दलित, अव्यवस्थित बसोबासको समस्या समाधान तथा कार्यान्वयन गर्न अबिलम्ब उच्चस्तरीय आयोग गठन गर्न पनि सरकारलाई अनुरोध गरेको छ ।

लुम्बिनी प्रदेश सभाका आफ्नो पार्टीकी सांसद विमला वलीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको घटनाप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले निन्दा र भत्सर्ना गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);