एमसीसीका बूँदाहरु नसच्याई पारित नगर्न सरकारलाई वाईसियल नेपालको चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमसीसीका बूँदाहरु नसच्याई पारित नगर्न सरकारलाई वाईसियल नेपालको चुनौती

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)मा आवद्ध युवा संगठन वाईसियल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई स्विकार नगर्न सरकारलाई सचेत गराएको छ ।

सुमन देवकोटा नेतृत्वको वाईसियल नेपाल केन्द्रिय समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बूँदाहरु नसच्चिएसम्म सो सम्झौंता पारित नगर्न सरकार र संघीय संसदलाई सचेत गराएको हो ।

वाईसियल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तराष्ट्रिय सहयोग, अनुदानहरु स्विकार गर्न नसकिने बताए । उनले भने, ‘एमसीसीलगायतका कुनै पनि सहयोग, अनुदानहरु देशको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखि स्विकार गर्न सकिदैन । नेपालको संविधानसँग बाझिएका एमसीसीका बूँदाहरु नसच्याई पारित नगर्न यो राष्ट्रिय भेला सरकारलाई चुनौती दिन्छ ।’

गत भदौं १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णयहरु सार्वजनिक गर्दै वाईयल नेपालले भारतसँग भएको सबै सीमा समस्या तत्काल समाधान गर्न पनि सरकारसँग माग गरेको छ । त्यसैगरी युवाहरुलाई रोजगारीको अवसर सृजना गर्न, उमेर पुगेका युवा तथा विद्यार्थीहरुका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको संयोजक देवकोटाले बताए ।

वाईसियलले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएकाहरुको छानवीन गरी दोषीमाथि कारबाही गर्न ढिलाई नगर्न पनि सरकारलाई दवाव दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);