२ सय ७२ वटा कम्पनीका रोजगारदातालाई प्रमाण पत्र वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

२ सय ७२ वटा कम्पनीका रोजगारदातालाई प्रमाण पत्र वितरण

gokarna bista

काठमाडौं, १४ माघ । सरकारले ‘सामाजिक सुरक्षा कार्यक्रम’मा सूचिकृत भएका २ सय ७२ वटा कम्पनीका रोजगारदातालाई प्रमाण पत्र वितरण गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सामाजिक सुरक्षा कार्यक्रममा सूचिकृत भएका २ सय ७२ वटा कम्पनीका रोजगारदाताहरुलाई प्रमाण पत्र वितरण गरेका हुन् । गत मंसीर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सबै श्रमिकले अनिवार्य पेन्सन पाउने गरी सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेका थिए । सोही कार्यक्रम अन्तरगत प्रदेश ३ बाट मात्रै ६ सय २५ वटा कम्पनीले सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन आवेदन दिएका थिए ।

ती मध्ये २ सय ७२ जना रोजगारदातालाई प्रमाण पत्र दिइएको हो ।  कार्यक्रममा मन्त्री विष्टले सूचिकृत हुने सबै रोजगारदाता कम्पनीप्रति आभार व्यक्त गरे । उनले सबै श्रमिकहरुको सुरक्षित र मर्यादित जीवनयापनका लागि सरकारले संचालनमा ल्याएको सामाजिक सुरक्षा कार्यक्रम चुनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयन सावधानीपूर्वक अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

सामाजिक सुरक्षा कार्यक्रममा सहभागिता जनाउनेमा नेपालका ठूला व्यवसायिक घरानादेखि विभिन्न साना कम्पनीहरु रहेका छन । चौधरी ग्रुप, गोल्छा ग्रुप, जगदम्बा ग्रुप, बालाजु औद्योगिक क्षेत्र, जलविद्युत कम्पनीलगायतका सबै सानाठूला उद्योग सामाजिक सुरक्षा कार्यक्रममा सहभागी भएकाले आगामी दिनमा सो कार्यक्रम प्रभावकारी ढंगले अघि बढने मन्त्री विष्टको विश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);