सरकारले सीएमसीसंग मेलम्ची ठेक्का रद्ध गर्ने प्रक्रिया अगाडी बढायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सरकारले सीएमसीसंग मेलम्ची ठेक्का रद्ध गर्ने प्रक्रिया अगाडी बढायो

काठमाडाैं, ७ माघ । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको जिम्मेवारी लिएको इटालियन ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौंता तोड्ने प्रक्रिया अघि बढाएको छ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम अन्तिम चरणमा अलपत्र पारेर हिँडेको सिएमसी कम्पनी सम्पर्कमा नआएपछि सरकारले सम्झौता पत्रमा राखिएको प्रावधान बमोजिम ठेक्का सम्झौंता तोड्न १४ दिने सूचना जारी गरेको छ ।

सो आयोजनाको सुरु निर्माणको ठेक्का सम्झौताको बुँदा नम्बर १५ को २ मा ठेक्का सम्झौंता बमोजिम काम नगरेमा १४ दिने सूचना जारी गरेर ठेक्का सम्झौंता खारेज गर्न सकिने प्रावधान राखिएको छ । सोही प्रावधानलाई टेकेर सो कम्पनीसँगको ठेक्का सम्झौंता तोड्न १४ दिने सूचना जारी गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

मेलम्ची आयोजनाको सुरुङ निर्माणको अन्तिम चरणको काम सिएमसी कम्पनीले गत मंसिर २९ गतेबाट अलपत्र छाडेको थियो । त्यसपछि पटक पटक ताकेता गर्दा पनि कम्पनी सम्पर्कमा नआएपछि सरकारले ऊसँगको ठेक्का सम्झौंता खारेज गर्ने प्रक्रिया अघि बढाउनु परेको समितिका प्रवक्ता पन्तको भनाई छ ।

यसैबीच, एशियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानी आयोजनाको बाँकि काम पूरा गर्ने जिम्मेवारी पेटी ठेकेदारहरुलाई दिन सरकारलाई सुझाव दिएको छ । एडीबी र मेलम्ची खानेपानी आयोजना विकास समितिबीच सोमबार काठमाडौंमा भएको छलफलमा सो आयोजनाको बाँकि काम नेपालकै पेटी ठेकेदारहरुलाई दिएर अघि बढाउन सकिने निष्कर्ष निकालिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);