मेलम्चीको बाँकी काम स्वदेशी कम्पनीलाई दिने गरी ठेक्का आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मेलम्चीको बाँकी काम स्वदेशी कम्पनीलाई दिने गरी ठेक्का आह्वान

मेलम्ची खानेपानी आयोजना

दिपक बोहरा
काठमाडौं, १८ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम स्वदेशी कम्पनीलाई दिने गरी ठेक्का आव्हान गरिएको छ । इटालियन कम्पनीले काम छोडी गएको ६ महिनापछि स्वदेशी कम्पनीका लागि ठेक्का आह्वान गरिएको हो । सरकारले मेलम्ची आयोजनाको बाँकी काम सम्पन्न गर्नको लागि ७ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी काम छाडी भागेको ६ महिना पूरा भएको छ । ठेकेदार कम्पनी भागे यता सुरुङ निर्माण लगायत आयोजनाको कुनै पनि काम अघि बढेको छैन ।

अरबौं लगानी भइसकेको राष्ट्रिय गौरवको आयोजना यसरी अलपत्र परेपछि सरकार आलोचित बन्दै आएको छ । आयोजनाको काम छिटो अघि बढाउन भनी चौतर्फी दवाब बढेपछि आयोजनाले बल्ल पुन काम अघि बढाउन ठेक्का आह्वान गरेको हो ।

जेठ १७ गते सार्वजनीक सूचना जारी गरी पहिलो योजना १५ महिना र दोस्रो १२ महिनामा काम सक्ने गरी बोलपत्र आव्हान गरिएको छ । आयोजनाका काम ३ प्रतिशत मात्र गर्न बांकी रहेको र अब छिट्टै मेलम्चीको पानी काठमाडौं आउँछ भनी सरकारले उपत्यकावासीलाई आश्वास बांड्दै आएको छ ।

यो आश्वासन दुई दशकअघिदेखि बांडिदै आइएको छ । यो आश्वासनलाई पूरा गर्न सरकारले आयोजनाको लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएको छ ।

मेलम्चीको पानी उपत्यकावासीको लागि मृगतृष्णा जस्तै भएको छ । आउँछ आउँछ भनेर शहर भित्र सडक खनी पाइप विछ्याइसक्दा पनि आयोजनाको काम नसकिएकोमा सर्वसाधरण निराश छन् । काम नगर्नेलाई कारबाही गर्न दवाब दिइरहेका छन् ।

मेलम्ची आयोजनाको २६ किलोमिटर सुरुङ्गमध्ये करिब आठसय ८ सय मिटर जति ’इन्भर्ट कन्क्रिट’को काम, फाइनल सपोर्टको ४ सय मिटर काम र दुईवटा भेन्टिलेशन शाफ्टको काम अझै बाँकी रहेको छ ।

निर्माणाधिन मेलम्ची आयोजनाको काम मंसिर २९ यता ठप्प छ । बल्ल बाँकी कामको लागि ठेक्का प्रक्रिया अघि बढेको छ । ठेक्का प्रक्रियाको समय सीमालाई हेर्दा अझै मेलम्चीको पानी डेढ वर्ष यता नआउने देखिन्छ । दुइ दशक यता मेलम्चीको पानीमा धेरै राजनीति भयो । अब आयोजनामा खराब नियत राखी राजनीति नहोस भनी जनताले खबरदारी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);