संबैधानिक आयोगलाई कम्युनिष्टको भर्ती केन्द्र बनाइएको रामचन्द्रको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संबैधानिक आयोगलाई कम्युनिष्टको भर्ती केन्द्र बनाइएको रामचन्द्रको आरोप

ramchandra paudel

पाल्पा, ७ माघ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले संबैधानिक आयोगलाई कम्युनिष्टहरुको भर्ती केन्द्र बनाएको आरोप लगाएका छन् ।

कांग्रेस पाल्पाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौंडेलले विपक्षी दलको नेता विनै संबैधानिक आयोगको बैठकबाट निर्णय गरेर वर्तमान सरकारले प्रतिपक्षको अस्तित्व समेत स्वीकार नगरेको आरोप लगाए ।

उनले संसदीय व्यवस्थामा प्रतिपक्षलाई निषेध गर्नुले सरकारको लोकतन्त्रप्रतिको नियतमा समेत प्रश्न उठेको बताए । उनले नयाँ संबैधानिक आयोगलाई कम्यूनिष्टको भर्ती केन्द्र बनाएर आयोगहरुको ओझ घटाएको भन्दै आपत्ति जनाए ।

कार्यक्रममा नेता पौडेलले कांग्रेस महासमिति बैठकपछि आन्तरिक समस्याबाट बाहिर निस्किएको भन्दै कार्यकर्तालाई नेतालाई दोष लगाउन छोडेर खबरदारीमा लाग्न आग्रह गरे । उनले पार्टी भित्रको अन्तरघात रोक्न कार्यकर्ताको मुल्याङ्कनमा आफूले नेतृत्वलाई दवाव दिइरहेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);