सुरु भयो सुन्दर सिंहदरबार अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सुरु भयो सुन्दर सिंहदरबार अभियान

sundar singha durbar

काठमाडौं, ८ माघ । सडक तथा भीरपाखा सम्याउन प्रयोग हुने ‘डोजर’ सिंहदरबारभित्र चलेको देख्दा धेरैलाई अनौठो लागेको छ । विगत नौ दिनदेखि बिहान ७.०० बजेबाट नियमित रुपमा डोजर चलिरहँदा चासो धेरैको चासो बढेको छ ।

सुन्दर सिंहदबार निर्माण लागि अभियानको थालनी डोजरबाट आरम्भ भएको छ ।
नेपाल सरकारको कन्द्रीय प्रशासनिक मुख्यालय सिंहदरबारक्षेत्रलाई सफा सुन्दर, आकर्षक हरियाली र व्यवस्थित बनाउन सिंहदरबारभित्र डोजर चलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्री र सचिवले जनताको लागि काम गर्ने कार्यालयहरु नै सफा र व्यवस्थित नहुँदा त्यसको प्रभाव प्रदेश र स्थानीय सरकारसम्म पर्ने भएकाले मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतमा बसेको एक बैठकले सिंहदरबार परिसर व्यवस्थापनसम्वन्धी २६ बँुंदे निर्णयहरू गरिएको थियो ।

ती निर्णयहरूलाई क्रमशः कार्यान्वयन गर्ने क्रममा सिंहदरबारभित्रको फोहर व्यवस्थापन गर्न डोजर नै चलाउन परेको प्रवक्ता कुँवरले स्पष्ट पार्नुभएको हो । डोजर चलाएको सोमबार नौ दिन पुगेको छ । उहाँले भन्नुभयो,‘अझै कतिपय स्थानमा थुप्रेको फोहर व्यवस्थित गर्न सकिएको छैन ।’

सिंहदरबारभित्रको सडक सफा राख्न सडक विभागको दुईवटा ब्रुमर, सिंहदरवार प्रवेश गेट तथा पर्खालहरुमा रङरोगन, सडक सोलारबत्ती जडान गर्ने कार्य भइरहेको छ । मन्त्रालय तथा क्यान्टिनहरूबाट निस्कने फोहर विहान ७.०० वजे अगाडि नै उठाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालय पश्चिम र परराष्ट्र मन्त्रालयको उत्तर भागमा रहेको क्षेत्रमा डोजर प्रयोग गरी पुरानो टहरा भत्काई आकर्षक बगैँचा निर्माणको थालनी गरिएको छ । सडक किनारामा विरुवा रोप्ने र थप दुईटा क्यान्टिन निर्माणको पहल भइरहेको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);