महेन्द्रनगरमा कांग्रेसको विशाल र्‍याली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

महेन्द्रनगरमा कांग्रेसको विशाल र्‍याली

काठमाडौं, २ भदौ । नेपाली काँग्रेस, कञ्चनपुरले सदरमुकाम महेन्द्रनगरमा विशाल र्‍याली निकालेको छ । १३ वर्षीय वालिका निर्मला पन्तको हत्यारालाई कारर्वाहीको माग राख्दै विशाल र्‍याली निकालिएको हो ।

र्‍याली महेन्द्रनगरको मुख्य बजार चोक, भीमदत्त नगरपालिका हुँदै मदन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सभापति हरिप्रसाद बोहराले निर्मला हत्याकाण्डका सम्बन्धमा पीडितलाई न्याय दिनेभन्दा पनि शक्ति, पद र पहुँचको आडमा झन यातना दिने काम भएको आरोप लगाए ।

निर्मलाका लागि न्याय माग्दै नेपाली काँग्रेस कञ्चनपुरले प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ । काँगे्रसले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत् प्रधामन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । सोमवार मात्रै, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि निर्मलाका आमाबुवा गृह जिल्ला कञ्चनपुर पुगेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);