निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रर्दशन

rape

महेन्द्रनगर, १२ साउन । बिहीबार राती बलात्कार पछि हत्या गरेर उखुबारीमा फेला परेकी १३ बर्षिय बालिका निर्मला पन्तका हत्यारालाई कार्बाहीको माग राख्दै महेन्द्रनगरमा शनिबार पनि प्रर्दशन भएको हो ।

स्थानीयबासी र नेपाली काँग्रेस पार्टी निकट नेपाल महिला संघ, नेपाल दरुण दल र नेवि संघले बजारमा प्रर्दशन गरेका हुन । हत्याराको पहिचान गरी, दोषि उपर कार्बाही हुनुपर्ने, घटना स्थलमा अस्थायी प्रहरीविटको माग राख्दै स्थानीय र काँग्रेस निकटका तीन भातृ संगठनले प्रर्दशन जारी राखेका छन् ।

शुक्रबार साँझ मृतक निर्मालाको शवको पोस्टमार्टम भएपनि आफन्तहरुले अहिलेसम्म पनि शव बुझ्न मानेका छैनन् । दोषिलाई सार्वजनिक नगरन्जेलसम्म शव नबुझ्ने बताएका हुन् । मृतकको शव पोस्टमार्टमपछि पनि महाकाली अञ्चल अस्पतालमै राखिएको छ ।

कञ्चनपुरका विभिन्न चार विद्यार्थी संगठनहरुले घटनाको घोर भत्र्सना गर्दै यथासिघ्र छानबिन गरेर दोषी माथी कार्बाहीको माग गरेका हुन् ।नेपाली काँग्रेस निकट नेविसंघ, नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेकपा विप्लव निकट क्रान्तिकारीले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर घटनाको सत्यतथ्य छानबिन गरी गर्ने माग राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको सुक्ष्म अनुसन्धान भईरहेको र शंकास्पद तीन युवक र दुई युवती गरी पाँच जनालाई नियन्त्रणमा लिई सोधपुछ गरेको जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);