किसानलाई पेन्सनको व्यवस्था गर्न सकिएन : मन्त्री खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

किसानलाई पेन्सनको व्यवस्था गर्न सकिएन : मन्त्री खनाल

काठमाडौं, २ असोज । कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणी खनालले किसानलाई दिने भनिएकाे पेन्सनकाे व्यवस्था अघि बढाउन नसकिने बताएका छन् । मन्त्री  खनालले किसान पेन्सन योजना अघि बढाउन नसकिने बताएसँगै सो योजना अलपत्र परेको छ ।

मंगलबार आफ्नो मन्त्रालयको ६ महिनाका मुख्यमुख्य उपलब्धिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो योजना अघि बढाउन आफू एक्लैले नसक्ने उल्लेख गरे ।

मन्त्री खनालले ६ महिनाको अवधिमा मन्त्रालयले खाद्य स्वच्छता, कृषि व्यवसाय प्रवद्र्धन, विउविजन ऐन लगायतका एक दर्जन बढी कानुन निर्माणको काम सम्पन्न गरिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);