वन क्षेत्र मुलुकको समृद्धिको मुख्य आधार : मन्त्री बस्नेत | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

वन क्षेत्र मुलुकको समृद्धिको मुख्य आधार : मन्त्री बस्नेत

shakti-basnet

काठमाडौं, १९ चैत । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रलाई मुलुकको समृद्धिको मुख्य आधार बनाउने बताएका छन् ।

मन्त्री बस्नेतले वन तथा वातावरण, विकासको बाधक हुन नदिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले वन क्षेत्रले मुलुकको विकास, निर्माणको काममा अवरोध गरिरहेको भन्ने भनाईमा सत्यता नरहेको बताए ।

सोमबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले वन क्षेत्र मुलुक समृद्धिको आधार बनाउन मलेसियाबाट सिक्नुपर्ने बताए ।

उनले मलेसिया अघि बढ्नुमा काठको योगदान महत्वपूर्ण रहेको भन्दै नेपालले पनि त्यसबाट सिकेर अघि बढ्न सक्ने स्पष्ट पारे ।मन्त्री बस्नेतले संवैधानिक व्यवस्था अनुसार वन नीति बनाउने काम सुरु गरिएको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);