पहिरो र वर्षासँगै सडकले दियो सास्ती, बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउन सकस | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पहिरो र वर्षासँगै सडकले दियो सास्ती, बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउन सकस

पर्वत, ८ असोज । निरन्तरको वर्षाका कारण पहिरो जाँदा पर्वतको कुश्मा नगरपालिका वडा न १ पाङ को सहस्रधारा–पाङ सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै त्यहाँका स्थानियले सास्ती व्योहोर्न थालेका छन् ।

पहिरोका कारण सहस्रधाराबाट पाङ जाने कालोपत्रे सडक भत्किएको छ । सडक भत्किएपछि सवारी आगमन अवरुद्ध बनेको छ । अपतकालिन अवस्थाका बिरामीलाई स्वास्थ्य चौकि सम्म पुर्याउन समेत सकिएको छैन । स्थानिय सिता रिजालका अनुसार पहिरो र वर्षाले सहस्रधाराको वस्ती नै उच्च जोखिममा परेको छ ।

करोडौ खर्चेर कालोपत्रे बनाईएको भिरमा रहेको घुम्ती सडकनै देखी भत्कीएपछि मर्मत हुन सकेको छैन । गत वर्ष पनि भत्केको सो सडक मर्मत गरी संचालनमा ल्याए पनि पुन यस वर्ष बर्षाको कारण भत्कीएको हो ।

यो बाटो हुँदै आपतकालिन अवस्थाका बेलामा विरामीलाइ स्टेचरमा राखेर अस्पताल पु¥याउन समेत कठिन रहेको स्थानियको भनाई छ । भिरालो जमिन भएकोले सडक मर्मत गर्न समेत कठिनाई भएको छ । साँघुरो भागमा काठको पुल हालेर दुई पाग्रे सवारी मुस्कीलले वारपार गर्ने गरिएको छ ।

पहाड तथा भिरमा ज्यानको वाजि लगाएरै भए पनि युवाहरुले सोही बाटोबाट मोटरसाईकल र स्कुटर वारपार गर्ने गरेका छन् । महिनौ सम्म सडक अवरुद्ध हुदा गाउँमा हुने विभिन्न विकास निर्माणका परियोजनको काम प्रभावित भएको पर्वत पुनःनिर्माण प्राधिकरणका प्राविधिक रामचन्द्र केसीले बताए ।

सडकका धेरै खण्डहरुमा पहिरो गएको छ । सडक खण्डमा गएको पहिरोका कारण बस्तीको वीचमा जमिन समेत फाटेको छ । विगत दुई महिना देखी कुश्मा नगरपालिका १ पाङका स्थानिय सडक सुविधाबाट बन्चीत हुँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);