रोजगारी गुमाएर बिचल्लीमा परेका १५ हजार मजदुर भारत फर्कदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रोजगारी गुमाएर बिचल्लीमा परेका १५ हजार मजदुर भारत फर्कदै

शम्भु माली

कपिलबस्तु, ८ असोज । कोरोना महामारीका कारण भारतमा काम गर्ने नेपाली मजदुर रोजगारी गुमेपछि घर फर्कन बाध्य भए । घर आउँदा बोर्डरमा पनि निकै सास्ती पाए ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाले कोरोना प्रभावितलाई राहत वितरण नगरेको पनि होईन तर राहतले १० दिन मात्र पुगेको मजदुरहरुको गुनासो छ । रोजगारी पनि गुमेको र अहिले काम नपाएपछि कोरोनाले भन्दा भोकले मर्नुपर्ने अवस्था आएकोले भारत फर्किन बाध्य भएकाे मजदुरहरूकाे भनाइ छ।

१५ हजार मजदुर काम खोज्दै दशैंको मुखमा भारत फर्कन लागेका छन् । यस्तो संकटमा पनि जनप्रतिनिधि र स्थानीय सरकारले आफ्नो पीडा नसुनेकोले काम खोज्न भारत फर्कन लागेको कपिलबस्तु नगरपालिका–३ महिताका जगनारायण तेलीले बताउनु भयो ।

स्थानीय पसलमा उधारो माग्दा पनि पसलेले पत्याउन छाडेपछि भारत फर्कनुको विकल्प नभएको मजदुरको भनाइ छ । सामान्य टाउको दुखेको औषधी किन्न पनि उनिहरुलाई धौ धौ परेको कपिलवस्तुका मानव अधिकारकर्मी राबिन्द्र नाथ ठाकुरको भनाई छ ।

ठाकुरका अनुसार ठुलो संख्याको बेरोजगारीका कारण समाजमा अराजक गतिविधि फैलिने डर पनि त्यत्तिकै छ । बेरोजगारीकै कारण चोरी, बलत्कार, हत्या, हिँसा र मानव अधिकार हनन जस्ता जघंन्य अपराध हुने संभवना भएकोले राज्य समय मै सजग हुनुपर्ने । चन्द्र भुषण मल्लाहको भनाइ छ ।

यशोधरा गाँउपालिकाले भने शुरूमा राहत वितरण गरेको र पालिकाको बजेट क्वारेन्टीन र कोरोना नियन्त्रणमा खर्च भएकोले भारतबाट फर्केका सबैलाई सहयोग गर्न नसकिएको स्विकारेका छन् ।

गाँउपालिकाले प्राथमिकताको आधारमा राहत बाँडिएको जनाएको छ । खान, बस्न र औषधि उपचारबाट वञ्चित उनिहरुकोे पीडा बारे स्थानीय सरकार बेखबर छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);