Our Network

मंसिर १४ २०७८, मंगलबार

काठमाडौं, ७ असाेज ।  कोरोना महामारीका कारण भारतमा काम गर्ने नेपाली मजदुर रोजगारी गुमेपछि घर फर्कन बाध्य भए । घर आउँदा बोर्डरमा पनि निकै सस्ती पाए । यशोधरा गाँपालिकापालिकाले कोरोना प्रभावितलाई राहत वितरण नगरेको पनि होईन तर राहतले १० दिन मात्र पुगेको उनिहरुको गुनासो छ । भएको रोजगारी पनि गुमेको र अहिले काम नपाएपछि कोरोनाले भन्दा भोकले मर्नुपर्ने अवस्था आएको छ । उनिहरुले यस्तो अवस्था पनि जनप्रतिनिधि र स्थानीय सरकारले आफ्नो पीडा नसुनेको दुखेसो पोखेका छन् ।

स्थानीय पसलमा उधारो माग्दा पनि पसलेले पत्याउन छाडेपछि भारत फर्कनुको विकल्प छैन । सामान्य टाउको दुखेको औषधी किन्न पनि उनिहरुलाई धौ धौ परेको छ । ठुलो संख्याको बेरोजगारीका कारण समाजमा अराजक गतिविधि फैलिने डर पनि त्यत्तिकै छ । चोरी, बलत्कार, हत्या, हिँसा र मानव अधिकार हनन जस्ता जघंन्य अपराध हुने संभवना भएकोले राज्य समय मै सजग हुनुपर्ने सुझावहरु पनि आएका छन् ।

यशोधरा गाँउपालिकाले भने शुरूमा राहत वितरण गरेको र पालिकाको बजेट क्वारेन्टीन र कोरोना नियन्त्रणमा खर्च भएकोले भारतबाट फर्केका सबैलाई सहयोग गर्न नसकिएकोले प्रथमिकताको आधारमा राहत बाँडिएको जनाएको छ । खान, बस्न र औषधि उपचारबाट वञ्चित उनिहरुकोे पीडाबारे स्थानीय सरकार बेखबर छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तु र स्थानिय तहको तथ्यांक अनुसार भारतमा रोजगारी गुमाएर बिचल्लीमा परेकामध्ये लकडाउनको अवधिमा मात्रै १५ हजार ४ सय ४३ जना नेपाली कपिलबस्तु आएका छन् ।

Leave a Reply