सुनगोहोरो जस्तो देखिने दुर्लभ वन्यजन्तु सहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

सुनगोहोरो जस्तो देखिने दुर्लभ वन्यजन्तु सहित दुई जना पक्राउ

काठमाडौं, ६ असोज । कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट करिब १.५ इन्च लामो जिउँदो अवस्थामा सुनगोहोरो जस्तो देखिने दुर्लभ बन्यजन्तुसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप गोकुलगंगा गाउँपालिका-६ बस्ने २१ वर्षीय बिशाल तामाङ र सोही ठाउँ बस्ने १९ वर्षीय सुबास तामाङ रहेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-६ घर भएका मोहन तामाङको कोठामा दुर्लभ बन्यजन्तु बिक्री गर्ने उद्देश्यले लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले लुकाई राखेको अवस्थामा उक्त वन्यजन्तु फेला पारी सोही कोठामा बसिरहेका उनीहरुलाई पक्राउ गरेको हो ।

हाल फरार मोहनको प्रहरीले खोजी गरिरहेको छ । उक्त वन्यजन्तु आवश्यक कानुनी कारवाही तथा थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

Leave a Reply