किशोरीलाई बलत्कार गरी फरार भएका शिक्षक ४ महिना पछि पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

किशोरीलाई बलत्कार गरी फरार भएका शिक्षक ४ महिना पछि पक्राउ

कपिलवस्तु, ७ असोज । किशोरीलाई बलत्कार गरी फरार भएका शिक्षक ४ महिना पछि पक्राउ परेका छन । महराजगंज नगरपालिका स्थित नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक २८ वर्षीय गोरखनाथ लोहारले महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी १५ बर्षिया कशोरीलाई जबरजस्तीकरणी गरी फरार भएका थिए । गत जेठ १२ गते चिनजान रहेको शिक्षकले राति काम छ भनी बोलाएर करणी गरेको पीडीत बालिकाको परिवारको आरोप छ ।

लुकीछिपी बस्दै आएका लोहारलाई आइतबार पक्राउ गरीएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताउनु भयो । लामो समयको खोज तलास पश्चात लोहारलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाई छ । राति परिवारले बालिकालाई बेहोश आवस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थिए । पीडीत बालिकाका परिवारले शिक्षक बिरुद्ध किटानी जाहेरी समेत दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);