वनमा लुकाई राखेको खैरो हेरोइनसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

वनमा लुकाई राखेको खैरो हेरोइनसहित पक्राउ

कैलाली,४ माघ । लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१ चैतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही नगरपालिका–२ बस्ने २४ वर्षीय प्रमोद चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनले सोही नगरपालिका–१ स्थित चैतनपुर सामुदायिक वनमा लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);