विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार गर्न राप्रपाको माग | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार गर्न राप्रपाको माग

raprapa all

काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा जागिरबाट निकालिएका र अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न सरकारसंग माग गरेको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएर धेरै नेपाली अलपत्र अवस्थामा रहेको भन्दै राप्रपाले विमान चार्टर गरेर भए पनि उनीहरुलाई स्वदेश फर्काउन आग्रह गरेको हो ।

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीले आइतवार विज्ञप्ति जारी गर्दै नेपाल–भारत सिमानासम्म आइपुगेका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरी देशभित्र ल्याउन पनि माग गर्नुभएको छ ।

त्यस्तै आफू बसेको ठाउँमा काम नपाएर, परिवारको जिम्मेवारीवोध गरेर सयौं किलोमिटर हिँड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई गन्तव्यसम्म पु¥याउन पनि राप्रपाले माग गरेको छ ।

राप्रपाले विभिन्न देशमा रहेका नेपालीहरुको स्वास्थ्य र सुरक्षा अवस्थाबारे जानकारी लिन तथा कोरोना भाइरसको संक्रमणबाट जोगाउन आवश्यक पहल गर्न पनि आग्रह गरेको छ ।

कोरोना भाइरसको महामारीबाट प्रभावित पशुपालन, कुखुरापालन, माछापालन, दुग्ध व्यवसायलगायत कृषिसम्बन्धी अन्य व्यवसायलाई परेको र भविष्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई दृष्टिगत गर्दै अल्पकालीन र दीर्घकालीन राहत प्याकेज ल्याउन पनि राप्रपाले माग गरेको छ ।बिज्ञप्तिमा सबै तहमा सर्वदलीय संयन्त्र गठन गर्न पनि सरकारलाई सुझाव दिइएको छ ।