विदेशमा अलपत्र नागरिकलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विदेशमा अलपत्र नागरिकलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय

काठमाडौं, ५ भदौ । सरकारले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केही दिनअघि कोरोना संकट व्यवस्थापन केन्द्र सिसिएमसीले गरेको उद्धार उडानहरू स्थगित गर्ने निर्णय सच्याउँदै सर्तसहित उद्धार उडान खुलाउने निर्णय गरेको हो ।

अब स्वदेश फर्कने नेपालीले पिसिआर रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने र काठमाडौं उत्रिसकेपछि होटेल क्वारेन्टीनमा बस्नुपर्ने निर्णय भएको बताइएको छ  । होटेलमा बस्न नसक्ने बेखर्ची बनेकालाई पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वारेन्टीनमा बस्नुपर्ने निर्णय भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);