संविधान संशोधन साझा सवाल हो, साझा ढङ्गले समाधान गरौँलाः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

भदौ ५ २०८३, शनिबार

संविधान संशोधन साझा सवाल हो, साझा ढङ्गले समाधान गरौँलाः प्रधानमन्त्री ओली

भाद्र ६, २०८१ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषय साझा सवाल भएको भन्दै साझा ढंगले समाधान गरिने बताउनुभएको छ ।बिहीवार प्रतिनिधि सभा बैठकमा सांसद नारायणी शर्मा को प्रश्नको जवाफ दिने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषय सबैको साझा विषय भएको बताउनुभएको हो । उहाँले यो विषय साझा सवाल भएकाले साझा ढंगले नै समाधान गरिने बताउनु भयो । उहाँले संविधान कार्यान्वयनको ८ वर्षको अनुभव र देशको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनु भयो ।

उहाँले देश र जनताको हितको पक्षमा, विकास र समृद्धिको पक्षमा हुनेगरी संविधान संशोधन गरिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले आवश्यकताको आधारमा संविधान संशोधनको आँट सबैले गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply