संयुक्त राष्ट्रसंघको ७३ आैं महासभामा प्रधानमन्त्रीको सम्बोधन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

संयुक्त राष्ट्रसंघको ७३ आैं महासभामा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं, १२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्तिपूर्ण राजनीतिक परिवर्तन र प्रजातान्त्रिक संक्रमणको व्यवस्थापन विश्वकै लागि मौलिक र उदाहरण भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७३ आैं महासभामा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा जनमतले गोलीलाई पराजित गर्छ भन्ने नेपालको शान्ति प्रक्रियाले देखाएको उल्लेख गरे । उनले नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापनले विश्वलाई अभिप्रेरित गर्नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानले संघीय गणतन्त्रको संरचनामा प्रजातान्त्रिक व्यवस्था बलियो बनाउने मात्र नभई जनतालाई विस्तृत अधिकार र स्वतन्त्रता दिएको उल्लेख गरे ।

उनले संविधान कार्यान्वयन गर्नु आफ्ना लागि महत्वपूर्ण काम भएको उल्लेख गर्दै गत वर्ष सम्पन्न तीनै तहको निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न हुनु संविधान कार्यान्वयनकै उदाहरण रहेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);