नेपाल–चीन उर्जा संयन्त्रकाे बैठक काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल–चीन उर्जा संयन्त्रकाे बैठक काठमाडौंमा सुरु

nepal n china urja meeting

काठमाडाैं, १२ असाेज । नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा गरिएको उर्जासम्बन्धि समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा ठोस योजना तय गर्न दुवै देशका उर्जा संयन्त्रको बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको हो।

प्रधानमन्त्री ओलीे चीन भ्रमणको क्रममा भएको समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा केन्द्रित भएर बैठक सुरु गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता दिनेश कुमार घिमिरेले जानकारी दिए ।

बैठकमा नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहानिर्देशक हि याङले नेतृत्व गरेका छन् ।

बैठकमा दुवै देशको उर्जासम्बन्धि समझदारीलाई कार्यान्वयनमा लैजान आवश्यक लगानी, क्रम बोर्डर ट्रान्समिसन लाईन निर्माण, दुवै देशको उर्जाको सम्भाव्यता र मागका विषयमा पनि विस्तृत छलफल गर्ने एजेन्डा तय गरिएको छ ।

गत असार ५ गतेदेखि १० गतेसम्म प्रधानमन्त्री ओलीले गरेको चीन भ्रमणको क्रममा भएको उर्जा सम्बन्धि समझदारीलाई कार्यान्वयनमा लैजान प्रथम चरणको उर्जा संयन्त्रको बैठक काठमाडौंमा सुरु भएको हो ।

२ दिनसम्म चल्ने बैठकले सो सम्बन्धमा ठोस योजना तय गर्ने पनि उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले विश्वास व्यक्त गरेको छ । सरकारले सो बैठकबाट नेपालको उर्जा क्षेत्रमा चिनियाँ लगानी बढाउन सहज हुने अपेक्षा पनि गरेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);