नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’को बैठक काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’को बैठक काठमाडौंमा सुरु

nepal-bangladesh urja baithak

काठमाडौं, १७ मंसिर । नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’को बैठक काठमाडौंमा सुरु भएको छ । बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धि हस्ताक्षर भएपछि त्यसलाई कार्यान्वयनमा लैजान ‘संयुक्त कार्य समूह’को पहिलो बैठक सोमबारबाट सुरु भएको हो ।

बैठकमा अन्तरदेशीय प्रशारण लाईन, विद्युत व्यापारको मोडालिटी, जलविद्युतमा बंगलादेशको लगानी, माथिल्लो कर्णालीको विद्युत खरिद र नवीकरणीय उर्जामा सहकार्य गरेर ५ वटा मुख्य एजेन्डामा छलफल हुने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव घिमिरेले जानकारी दिए ।

बंगलादेशका विद्युत, उर्जा तथा खनिज स्रोत सहसचिव अमिनले बैठकमा नेपालको जलविद्युत क्षेत्रमा गर्ने लगानीका विषयमा विस्तुत छलफल हुने बताए ।

दुवै मुलुकबीच उर्जा व्यापार र लगानीको सम्बन्धमा गरिएको सम्झौता कार्यान्वयनका लागि बैठक सुरु भएको हो । उर्जा संयन्त्रको बैठकमा बंगलादेशले नेपालको जलविद्युत र नेपालले बंगलादेशबाट खाना पकाउने ग्याँस खरिद गर्ने मोडालिटीका विषयमा पनि छलफल हुने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);