प्रहरीको क्षमता र विश्वसनियतामा माथि प्रश्न चिन्ह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्रहरीको क्षमता र विश्वसनियतामा माथि प्रश्न चिन्ह

nepal police

प्रकाश ढकाल
काठमाडौं, १२ असोज
। नेपाल प्रहरीको विश्वसनियता माथि अचेल प्रश्न उठन थालेको छ । बलात्कार र हत्या जस्ता अपराधिक क्रियाकलापहरु बढिरहेको तर अपराधी समाउन नसक्दा प्रहरीको क्षमता र विश्वसनियतामा प्रश्न उठ्न थालेको हो । यसरी प्रहरीको मनोबल गिराउने र बदनाम गराउने सोचले एकोहोरो प्रहरीमाथि खनिदा शान्ति सुरक्षा झनै कमजोर हुन सक्ने अाँकलन सुरक्षाविद्हरुले गरेका छन् ।

सत्य सेवा सुरक्षणम्को मूलमन्त्र बोकेर स्थापित नेपाल प्रहरीको संगठन अन्य सशस्त्र संगठनहरुभन्दा बढी नै जनमानस बीचमा रहने संगठन हो । सर्वसाधारणको लागि सुरक्षाको भरपर्दाे साथी नेपाल प्रहरीलाई नै लिइन्छ । तर पछिल्लो समय सुरक्षामा प्रहरीको विश्वसनियता माथि अनेक कोणबाट प्रश्न उठाइदैछ ।

२०५० को दशकपछि ब्यापक मात्रामा नेपाल प्रहरीमा अस्वाभाविक राजनीतिक हस्तक्षेप हुन थाल्यो । शक्ति संयन्त्र तथा नेतृत्वको लागि गरिने कलुषित राजनीतिले नेपाल प्रहरी पनि अछुतो रहन सकेन । दबाव र प्रभावमा प्रहरी संगठन रहंदै आयो । बढदो राजनीतिक हस्तक्षेपले नेपालको शान्ति सुरक्षामा असर पर्न थालेको सरोकारवालाहरु बताउंछ ।

सुनकाण्ड, नेतृत्व विवाद, लगातारका बलात्कार तथा हत्याका घटनामा प्रहरी निष्पक्षता नभएको कुराले मुलुक अहिले आतंकित र आक्रोशित बनेको छ । केही समय यता नेपाल प्रहरीलाई कुनै न कुनै बहानामा विवादित बनाइरहँदा त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अबान्छित फाइदा लिनेहरु पनि धेरै छन् ।

नेपाल प्रहरी स्वतन्त्र हुने हो भने जस्तोसुकै आपराधिक कर्म या गैरकानुनी क्रियाकलाप गर्ने जो–कोहीलाई कानुनको दायरामा ल्याउन सक्छ भन्ने मान्यता आममानिसमा छ तर विगत केही समय यता जसरी पनि प्रहरीलाई बदनाम गराउने अभिष्टले एकोहोरो प्रहरीमाथि खनिदा नेपालको शान्ति सुरक्षा झनै कमजोर हुन सक्ने अाँकलन सुरक्षाविद्को रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);