चौलागाईँको निधनबाट पार्टीले असल र निष्ठावान नेतालाई गुमायोः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

चौलागाईँको निधनबाट पार्टीले असल र निष्ठावान नेतालाई गुमायोः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता पशुपति चौलागाईँको निधनबाट पार्टीले असल र निष्ठावान नेतालाई गुमाएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार शोक वक्तव्य जारी गर्दै एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभाका सदस्य चौलागाईँको निधनप्रति दुख व्यक्त गरेका हुन् ।

भद्र, शालिन, मिलनसार छवि बनाएका चौलागाईँले नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष, प्रतिनिधिसभा सदस्य र संविधानसभा सदस्यका रुपमा समेत जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

पार्टीले निष्ठावान नेता गुमाउनुका साथै दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको उनले बताएका छन् । नेता चौलागाईको मंगलबार साँझ कोरोनाका कारण मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);