उपप्रधानमन्त्रीबाट पार्टी कार्यालयमा चौलागाईंलाई श्रद्वाञ्जली अर्पण, एमालेले तीन दिन शोक मनाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपप्रधानमन्त्रीबाट पार्टी कार्यालयमा चौलागाईंलाई श्रद्वाञ्जली अर्पण, एमालेले तीन दिन शोक मनाउने

काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीका केन्द्रीय सदस्य पशुपति चौलागाईंप्रति श्रद्वाञ्जली अर्पण गरेका छन् ।

नेकपा एमालेको थापाथलीस्थित पार्टी कार्यालयमा पुगेर उपप्रधानमन्त्री पोखरेलले आज चौलागाईंप्रति श्रद्वाञ्जली अर्पण गरेका हुन् । नेकपा एमालेभित्र निष्ठाका साथ आफ्नो सम्पूर्ण जीवन बिताएका एक जना असल नेतालाई पार्टीले गुमाएको महासचिव पोखरेलले बताए ।

बागमती प्रदेश सभाका सदस्य समेत रहेका चौलागाईंको निधनमा नेकपा एमालेले आजबाट तीन दिनसम्म शोक मनाउने भएको छ । केन्द्रीय कार्यालयमा श्रद्वाञ्जली अर्पण गर्न दिवंगत नेता चौलागाईंको तस्वीर र शोक पुस्तिका राखिएको छ । यसैगरी, केन्द्रीय कार्यालयसहित देशभरका कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइने भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

चौलागाईँको कोभिड १९ संक्रमणका कारण मंगलबार काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा निधन भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);