सूर्य थापालाई पार्टी महासचिवले दिए बधाई | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सूर्य थापालाई पार्टी महासचिवले दिए बधाई

काठमाडौं । नव निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका नेता सूर्य थापालाई पार्टी महासचिव शंकर पोखरेलले बधाई दिएका छन् ।

निर्वाचन पछि पहिलोपटक आज पार्टी कार्यालयमा भएको भेटमा पोखरेलले थापालाई बधाई दिएका हुन् । उनले थापालाई खादा ओडाएर बधाई दिएका थिए ।

पोखरेल भने दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । पोखरेलको दिएको बधाई प्रति थापाले विशेष धन्यवाद दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीका श्रद्धेय महासचिव कमरेड शंकर पोखरेलसँग केन्द्रीय कार्यालयमा भेट। उहाँले खादा ओढाएर दिनुभएको बधाईका लागि विशेष धन्यवाद भन्न चाहन्छु’।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);