कमल थापालाई अर्कै पार्टीका नेताले दिए बधाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कमल थापालाई अर्कै पार्टीका नेताले दिए बधाई

काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापालाई अर्कै पार्टीका पार्टीका नेताले बधाई दिएका छन् । पार्टी नफुटाउन गीता छोएर कसम खाएका थापाले राप्रपा नेपाल नामक पार्टी खाेलेपछि उनलाई यसरीबधाई दिएका हुन् ।

यसरी बधाई दिनेमा अरु कोही नभएर राप्रपाका सहयकप्रवक्ता मोहन श्रेष्ठ हुन् । थापा अध्यक्ष हुँदा श्रेष्ठ अन्त्यन्त निकट मानिन्थे।

‘पुरानो राप्रपा नेपालको संस्थापक अध्यक्ष रवीन्द्रनाथ शर्मा हुनुहुन्थ्यो, उहाँप्रति श्रद्धाञ्जली । हामी समेतले रगत पसिना बगाएको त्यो राप्रपा नेपाल राप्रपामा विलय भइसकेको छ । राप्रपामा विलय भइसकेपछि अस्तित्वमा नरहेको र नयाँ गठन भएको राप्रपा नेपालको संस्थापक अध्यक्ष लाक्पा तामाङ हुन् ।

लाक्पा संस्थापक रहेको राप्रपा नेपालमा साधारण सदस्यता लिएर प्रवेश गरि अध्यक्ष हुनुभएकोमा कमल थापालाई हार्दिक बधाई ।’श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);