त्रिशूली ३ ए र कुलेखानी तेस्रोको काम सुस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

त्रिशूली ३ ए र कुलेखानी तेस्रोको काम सुस्त

kulekhani hydro

काठमाडौं, १ असार । नेपाल विद्युत् प्राधिकरणका ‘क्रोनिक’ बनिरहेका कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली ३ ए आयोजनाबाट पछिल्लो घोषित मिति असार मसान्तमा समेत बिजुली उत्पादन सुरु हुन नसक्ने देखिएको छ ।

दुवै आयोजनाका चिनियाँ ठेकेदार कम्पनीले विभिन्न बहाना बनाएर काममा ढिलाइ गरेपछि घोषित मितिमा विद्युत् उत्पादन सुरु हुन नसक्ने खतरा बढेको विद्युत् प्राधिकरणका अधिकारी बताउँछन् ।

ती अधिकारीका अनुसार यी आयोजनाको विद्युत् उत्पादन मिति अझै कति पछाडि धकेलिने हो भन्न नसकिने स्थिति छ ।सन् २०१४ को अन्त्यमा निर्माण सम्पन्न गर्ने गरी ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए आयोजनाको काम सन् २०१० मा सुरु भएको हो ।

चिनियाँ ठेकेदार कम्पनी गेजुवाको लापर्बाहीले आयोजना चार वर्ष ढिला भइसकेको छ । गेजुवा र प्राधिकरणका अधिकारीहरूबीच केही समयअघि भएको छलफलपछि असार मसान्तमा माथिल्लो त्रिशूली ३ ए बाट ६० मेगावाट बिजुली उत्पादन सुरु गर्ने सहमति भएको थियो । गेजुवाले सिभिल तथा इलेक्ट्रो–मेकानिकल सबै काम सकी एउटा युनिटबाट ३० मेगावाट बिजुलीको परिक्षण उत्पादन सुरु गरिसकेको छ ।

माथिल्लो त्रिशूली ३ मा ३०/३० मेगावाट बिजुली उत्पादन गर्ने दुई युनिट छन्, जसमध्ये एउटाबाट परीक्षण उत्पादन सुरु भइसकेको छ । गेजुवाले अर्को युनिटबाट बिजुलीको परीक्षण उत्पादन सुरु गर्नुपर्ने बेला निहुँ बनाएर ढिलो गर्न खोजिरहेको प्राधिकरण स्रोतले उल्लेख गरेको छ ।

‘गेजुवाका चिनियाँ प्राविधिकहरूले नेपाल बस्ने भिसा अवधि सकियो भन्ने बहाना बनाएर काममा ढिलाइ गर्न खोजिरहेका छन्,’ प्राधिकरणका एक उच्च अधिकारीले कान्तिपुरसित भने, ‘१०र१२ दिन राम्रोसँग काम गर्ने हो भने माथिल्लो त्रिशूली ३ एको दोस्रो युनिटबाट समेत बिजुलीको परीक्षण उत्पादन गर्ने काम सकिन्छ । तर गेजुवाका उच्च अधिकारीहरूको बहानाबाजीले असार मसान्तमा बिजुली उत्पादन सुरु हुन नसक्ने हो कि भन्ने खतरा बढेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);