नगरपालिकालाई प्राविधिक शिक्षाको हब बनाउँछौं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नगरपालिकालाई प्राविधिक शिक्षाको हब बनाउँछौं

mayor

काठमाडौं, १ असार । प्राकृतिक स्रोतसाधन, ऐतिहासिक तथा पुराताŒिवक सम्पदाले भरिपूर्ण सुन्दर कमलामाई नगरी कमला नदीको उद्गम स्थलमा छ ।

आफ्नै मौलिक परम्परा, संस्कृति र सामाजिक संरचनाका साथै उष्णदेखि समशीतोष्ण प्रदेशसम्मको भूभाग ओगटेको यो क्षेत्रमा उत्पादन हुने अदुवा, कटहर, आलु, जुनार र धान अन्य क्षेत्रमा समेत निर्यात गरिन्छ । कमलामाई, कालीमाई, भद्रकाली, सिद्धबाबा जस्ता धार्मिक स्थलका कारण धार्मिक पर्यटनको सम्भावना रहेको यस नगरपालिकाको विकासका लागि निरन्तर क्रियाशील नगर प्रमुख खड्गबहादुर खत्रीसँग विकास, भावी योजना, सम्भावना र चुनौतीबारे राजधानीकर्मी भवनाथ प्याकुरेलले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंको नगरपालिकामा के कस्ता काम भएका छन् ?

कमलामाई नगरपालिकामा १४ वटा वडाहरू रहेका छन् । नगरपालिकाकको सबै क्षेत्रमा स्वास्थ्यको पहुँच पु¥याउन सहरी स्वास्थ्य क्लिनिकको व्यवस्था गरेका छौं । कृषिको विकासका लागि प्रत्येक वडामा १ जना जेटीएको व्यवस्था गरेका छौं । आगामी बजेटबाट कृषि र भेटनरी फरक–फरक छुट्याएर जम्मा २८ जना पु¥याउने लक्ष्य छ । भूकम्प पीडितको घरसम्म बाटोको व्यवस्था गरेका छौं ।

प्रत्येक वडामा ई–लर्निङ शिक्षा दिने योजनाबमोजिम नमूना स्कुल बनाउने क्रममा छौं । त्यसका लागि शिक्षकलाई आईसीटी (कम्प्युटर) तालिमको दिएका छौं । बृद्ध आमाबुबाका लागि निःशुल्क मोतीबिन्दुुको शल्याक्रियाको व्यवस्था गरेका छौं । ज्येष्ठ नागरिकका लागि ५ वटा वडामा विश्राम घर बनाएका छौं । आउने दसैंसम्ममा सबै वडामा विद्युत् पु¥याउने लक्ष्य छ । त्यसका लागि तार झार्ने काम सम्पन्न भएको छ । कृषिको विकासका लागि टनेल भवन निर्माण गरेका छौं । त्यहाँ हामीले बेर्ना उत्पादन गर्दै आएका छौं ।

नगरपालिकाले ४ देखि ५ किलोमिटरसम्म पिच गरेको छ । कमलामाई नगरपालिकामा पक्की पुल निर्माण भएको छ । त्यस्तै, प्रमुख उपलब्धिका रूपमा रहेको कमलामाई मन्दिरदेखि चुरे हुँदै सर्लाही जिल्लाको ईश्वरपुर हुँदै बाटो निर्माण गरेका छौं । कमलामाई नगरपालिकाको ७ नं. वडाको पेट्रोलपम्प, स्यान्तभन्ज्याङ हुँदै खन्याखर्क निस्कने बाटो बनाएका छौं । त्यसैगरी, ऐतिहासिक रूपमा प्रसिद्ध सिन्धुली गढीको व्यवस्थापनमा जुटेका छौं । दरबार मर्मतका लागि डीपीआर तयार भइसकेको छ । त्यसै स्थानमा पृथ्वीनारायण शाहको सालिका निर्माण गर्न लागेका छौं । साविकको बसपार्क पनि निर्माण गरेका छौं ।

नगरपालिकालाई भेटनरी, जेटीए जस्ता प्राविधिक विद्यालय खोली नगरपालिकाका लागि प्राविधिक शिक्षाको हब बनाउने योजना रहेको छ । सुत्केरी भएका महिलालाई १ हजार रुपैयाँको भत्ता दिने व्यस्था गरेका छौं । हामी दूधमा आत्मनिर्भर भएका छौं भने खसीको मासुमा पनि आत्मनिर्भर हुने प्रक्रियामा छौं । वैर जातको पाठा वितरण गरिएको छ । पिउने पानीको सबै वडालाई खुवाउन र व्यवस्थित गर्न लागेका छौं । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);