कमलामाई मन्दिर २७ सय वर्षपछि झलमल | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

कमलामाई मन्दिर २७ सय वर्षपछि झलमल

काठमाडौं, ६ असार । सिन्धुलीको प्रसिद्ध कमलामाई मन्दिर २७ सय वर्षपछि झलमल भएको छ ।
धार्मीक प्रर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा रहेको कमलामाई मन्दिरमा २७ सय वर्षपछि सोलार बत्ती जडान गरिएपछि झलमल भएको हो ।

सिन्धुली ट्रस नेपालको ४ लाख ५० हजार रुपैयाँको लागतमा सोलार बत्ती जडान गरिएको हो । सरोकारवालाले सो क्षेत्रलाई धार्मीक पर्यटनमा विकास गर्न सोलार जडान गरिएको बताएका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित गडौली र कमला नदीको संगम स्थलमा २७ सय बर्ष पहिलो सो मन्दिर बनाइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);