एमाले नेता प्रभु साहविरुद्ध प्रहरी वृत बानेश्वरमा ठाडो उजुरी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले नेता प्रभु साहविरुद्ध प्रहरी वृत बानेश्वरमा ठाडो उजुरी

काठमाडौँ । एमालेका नेता प्रभु साहविरुद्ध प्रहरी वृत्त बानेश्वरमा उजुरी दर्ता भएको छ । विदेश पठाइदिने भन्दै लिएको पैसा फिर्ता नदिएको आरोपमा पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता साहविरुद्ध प्रहरीमा उजुरी परेको हो ।

उनलाई बिदेश पठाइदिन्छु भन्दै काठमाडौँको बाँसबारी बस्ने दीपा कुँवरसंग ३० लाख पैशा लिएको र १० लाख पैशा फिर्ता दिएको भएपनि अन्य पैशा हिनामिना गरेको आरोपमा नेता साहविरुद्ध उजुरी दर्ता भएको बानेश्वरका डीएसपी मिमबहादुर लामाले जानकारी दिए ।

लामाले ठाडो उजुरी परेपनि आरोपित व्यक्ति भीआईपी भएकाले तत्काल छलफलका लागि नबोलाइएको बताएका छन् । तर कुँवरले पैशा दिएको पुष्टि गर्ने आधारहरु पनि देखिएकाले अव अनुसन्धानको प्रकृया अघि बढाइने प्रहरीको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);