अमेरिका र इरानबीचको वार्ता जारी रहने, तर युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

अमेरिका र इरानबीचको वार्ता जारी रहने, तर युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँगको वार्तालाई निरन्तरता दिन सहमत भएको जानकारी दिनुभएको छ । उहाँले तेहरानसँगको युद्धविराम भने अब समाप्त भएको स्पष्ट पार्नुभएको छ । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत ट्रम्पले सो कुराको जानकारी दिनुभएको हो । यसैबीच, तनाव कम गर्ने र अमेरिका–इरान वार्तालाई पुनर्जीवित गर्ने उद्देश्यले कतारी मध्यस्थकर्ताहरू इरान पुगेका छन् । ट्रम्प प्रशासनसँगको आवश्यक समन्वयपछि कतारी टोली त्यसतर्फ लागेको सीएनएनले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

अमेरिकी समाचार संस्था एक्जियसकाअनुसार दुई देशबीचको अर्को चरणको वार्ता आगामी हप्ता हुन सक्ने सम्भावना छ । यस वार्ताका लागि स्विट्जरल्याण्डलाई सम्भावित स्थलको रूपमा हेरिएको छ । होर्मुज जलडमरूमध्य भएर चल्ने व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणहरूको प्रतिक्रियास्वरूप अमेरिकी सेनाले यसै हप्ताको सुरुमा इरानमाथि श्रृङ्खलावद्ध हवाई आक्रमण गरेको थियो । त्यसलगत्तै विकसित पछिल्लो राजनीतिक घटनाक्रममा ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो ।

Leave a Reply

ताजा समाचार