माईतीघर मण्डलालाई निषेधित क्षेत्र तोकिएको निर्णय विरुद्ध सर्वोच्चमा रिट | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

माईतीघर मण्डलालाई निषेधित क्षेत्र तोकिएको निर्णय विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, २१ असार । माईतिघर मण्डलालाई निषेधित क्षेत्र तोक्ने सरकारी निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठिले यस्तो रिट दायर गरेका हुन् । सरकारले गरेको निर्णय मौलिक हक विपरीत रहेको रिटमा उल्लेख छ ।

आज रिट दर्ता गरेको सर्वोच्चले भोलि नै रिटको सुनुवाई गर्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले माईतिघर मण्डला परिसरमा बिरोध प्रदर्शन गर्न रोक लगाउँदै निषेधित क्षेत्र घोषणा गरेको थियो ।

त्रिपाठिले सरकारले माइतिघर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै जनताको मौलिक हकको हनन् गरेकाले रिट दायर गरेको बताए ।

संविधानले नै भेला हुने र प्रदर्शन गर्न पाउने अधिकार दिएकाले विरोध प्रदर्शन गर्न पाईने ठाउँ तोक्ने सरकारको निर्णय संविधान विपरीत भएको उनको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);