कांग्रेसलाई सभामुखको तीनदिने अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसलाई सभामुखको तीनदिने अल्टिमेटम

mahara

काठमाडौं, २१ असार । सभामुख कृष्णबहादुर महराले संसदीय समिति बनाउन कांग्रेसले नाम नदिए आफैँ घोषणा गर्ने बताएका छन् । सभामुख महराले आज पत्रकार सम्मेलन गरी कांग्रेसले संसदीय समितिमा बस्ने सांसदहरुको नाम उपलब्ध नगराएको भन्दै तीन दिने अल्टिमेटम दिएका छन् । अन्यथा आफैँले घोषणा गर्ने उनको भनाइ छ ।

महरालले समितिमा हुने सदस्यको नामसहित घोषणा गर्ने अधिकार आफूसँग भएको दाबी गर्दै  सहमतिका लागि मात्र नाम मागेको बताए । उनले संसदीय सुनुवाई विशेष समितिको घोषणा भने भोलिकै संसद बैठकमा गर्ने बताए ।

संसदीय सुनुवाई विशेष समिति घोषणासँगै प्रधानन्यायाधीशसहित संबैधानिक अंगका पदाधिकारी तथा राजदुतको सुनुवाइृको बाटो खुल्ने छ । संसदको पहिलो बैठक २०७४ साल फागुन २१ गते बसेकोमा चार महिनापछि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बुधबार गठन भएको हो ।

सभामुख महराले सरकारले संसदमा एउटा मात्र विधेयक ल्याएको भन्दै अन्य कानुनसँग सम्बन्धित ८ वटा विधेयक ल्याउन लागेको जानकारी आफूलाई रहेको बताए । महरालले मौलिक हक अन्तर्गतका कानुन तीन वर्षसम्म बनाइसक्नुपर्ने व्यवस्था संविधानमै रहेपनि त्यस अवधिमा ल्याउन सक्ने वा के गर्ने भन्ने विषय सरकारले जान्नुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);