संसदीय सुनुवाई समिति गठन गर्ने सभामुखको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संसदीय सुनुवाई समिति गठन गर्ने सभामुखको तयारी

samsadh meeting

काठमाडौं, २५ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिकित्सा शिक्षामा सुधारको माग राखी अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै छ ।

अपरान्ह १ बजे बोलाइएको बैठकमा कांग्रेसका तर्फबाट सांसद दिलेन्द्रप्रसाद बडुले प्रस्ताव पेश गर्ने कार्यसूचि छ । प्रस्तावमा अतहर कमाल मुसलमान र पार्वता डिसी चौधरीले समर्थन जनाउने कांग्रेसले जनाएको छ । कांग्रेसले आफ्नो प्रस्ताव कार्यसूचिमा नराखिएको विरोधमा गत विहिबारको बैठक अवरुद्ध गरेको थियो । चिकित्सक केसी काठमाडौं उपत्यकामा कम्तिमा १० वर्षसम्म मेडिकल कलेज खोल्न दिन नहुने मागसहित जुम्लामा असार १६ गतेदखि आमरण अनसन बसिरहेका छन् ।

माग सम्बोधन गरेर केसीको जीवन रक्षा गर्न माग गर्दै नेपाल चिकित्सक संघले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई ज्ञापनपत्र बुझाएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले संसदीय सुनुवाई समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूचि पनि छ । समिति गठन नहुँदा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);